नागढुंगामा अड्केकालाई बाह्र घण्टापछि छिराइयो काठमाडौं

नौलो समाचार संवाददाता
२०७७ बैशाख १६, मंगलबार मा प्रकाशित ३९५ पटक पढिएको
नागढुंगामा अड्केकालाई बाह्र घण्टापछि छिराइयो काठमाडौं

बैशाख १५, काठमाडौं । विराटनगरबाट सोमबार बिहान नागढुंगा आइपुगेका सर्वसाधारणलाई काठमाडौं प्रवेश गराइएको छ।

नागढुंगामा अलपत्र परेकालाई १२ घण्टापछि साँझपख मात्रै काठमाडौं प्रवेश गर्न दिइएको हो।

साँझ करिब साढे ५ बजेतिर उनीहरूलाई बसको व्यवस्था गरी काठमाडौं पठाइएको चन्द्रागिरि नगरपालिका-२ का वडाध्यक्ष गोपी सुर्खेतीले जानकारी दिए।

‘हामीले उनीहरुको तापक्रम नापेर पठाएका हौं,’ उनले भने, ‘सेल्फ क्वारेन्टाइनमा बस्न भनेका छौं।’

सोमबार बिहान विराटनगर महानगरपालिकाले करिब ८५ जनालाई काठमाडौं पठाएको थियो।

तीमध्ये केहीलाई बिहानै नाम टिपाएर प्रवेश गर्न दिइएको थियो भने केहीलाई नागढुंगामै रोकिएको थियो।

केहीलाई काठमाडौं प्रवेश गर्न दिने, केहीलाई रोकिएपछि सर्वसाधारणले दुखेसो पोखेका थिए।

प्रतिक्रिया दिनुहोस