आजको राशिफल : कर्कट उत्तम, सिंह अनुकू

नौलो समाचार संवाददाता
२०७७ बैशाख २२, सोमबार मा प्रकाशित ७५१ पटक पढिएको
आजको राशिफल : कर्कट उत्तम, सिंह अनुकू

वैशाख २२ गते सोमबार ।

मेष : दिन उत्तम छ । शत्रु परास्त हुनेछन् । आँटे ताकेको काम सजिलै बन्नेछ । महŒवपूर्ण काम हात लाग्नेछ ।  सहयोग प्राप्त हुनेछ ।

वृष : दिन अनुकुल छ । बुद्धिबर्धक काम गरिनेछ । लेखन तथा प्रकाशन सम्बन्धी काम हुनेछ । स्वास्थ्य निकै तन्दुरुस्त रहनेछ ।

मिथुन : दिन प्रतिकूल छ । खर्चको मात्रा बढ्नेछ । काममा व्यवधान आउनसक्छ । ठूलो कामको अपेक्षा नगर्नु नै बेस हुने देखिन्छ । धैर्य गर्नु निकै  बुद्धिमानी हुनेछ ।

कर्कट : दिन उत्तम छ । सामाजिक कार्यव्रmममा सहभागी भइनेछ । परोपकार गरिनेछ । उत्कृष्ट सम्मान मिल्नेछ । सामाजिक उत्तरदायित्व थपिनेछ ।

सिंह : दिन अनुकूल छ । बोलीवचनमा प्रभाव बढ्नेछ । आर्थिक कारोबार गरिनेछ । खानपानका विशेष परिकार मिल्नेछ । स्वास्थ्य अनुकूल रहनेछ ।

कन्या : दिन भाग्योदयकारक छ । उच्चस्तरीय कार्यव्रmम तय हुनेछ । उपयुक्त निर्णय गरिनेछ । पढाइ लेखाइले गति लिनेछ ।

तुला : दिन प्रतिकूल छ । आँटे ताकेको काममा व्यवधान आउनसक्छ । अस्थिरता र  दुविधाले ठाउँ पाउनसक्छ । धैर्य गर्नु बेस हुनेछ ।

वृश्चिक : दिन उत्तम छ । कृषि क्षेत्रबाट लाभ मिल्नेछ । उपयुक्त कार्य प्रगति र ठोस् निर्णय गरिनेछ आयआर्जन बढ्नेछ । विद्यामा प्रगति हुनेछ ।

धनु : दिन सार्थक छ । आँटेको काममा सफलता मिल्नेछ । सर्वाधिक कार्यसिद्धि हुनेछ । महत्‍वपूर्ण अवसर मिल्नेछ ।

मकर : दिन सन्तोषजनक छ  । आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । मनमा शान्ति मिल्नेछ ।

कुम्भ : दिन प्रतिकूल छ । मन खिन्न हुन सक्छ । खासै प्रगति हुने देखिदैन । धैर्य गर्नु निकै बुद्धिमानी हुनेछ । ठूलो कामको अपेक्षा नगर्नु बेस हुनेछ ।

मिन: दिन अत्युत्तम छ । यात्राको योग रहेको छ । व्यापार व्यवसाय र पारवहन कार्य सहज रहनेछ । प्रियजनसँग भेटघाट हुनेछ । मनोरञ्जन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस