बैशाख २७ शनिबार ।
२०७७ वैशाख २७ – ज्येष्ठ २ गते सम्म
ज्येष्ठकृष्ण द्वितीया – अष्टमीसम्म
३० गते अगस्त्यास्त,
१ गते ज्येष्ठ संक्रान्ति, अष्टमीव्रत,
२ गते गोरखकालीपूजा,
मेष : साताको पछिल्ला दिन अनुकूल रहनेछन् । शनिबार नितान्त प्रतिकूल रहनेछ । रवि, सोमबार मध्यम प्रायः रहनेछ । मंगल, बुध, बृहस्पतिबार मानसम्मान पदप्रतिष्ठा प्राप्त हुनेछ । शुक्रबार कठिनाइपूर्ण तरिकाले लाभ मिल्नेछ । मन प्रसन्न हुनेछ ।
वृष : साताको सुरु र अन्तिम अनुकूल रहनेछ । शनिबार यात्रा गर्ने अनुकूल अवसर मिल्नेछ । रवि, सोमबार नितान्त प्रतिकूल रहनेछ । मंगल, बुध, बृहस्पतिबार धार्मिक कार्यमा अवरोध आउन सक्नेछ । शुक्रबार आटेको काममा सफलता मिल्नेछ ।
मिथुन : साताको पूर्वार्ध अनुकूल रहनेछ । शनिबार आटे तोकेको काम सजिलै बन्नेछ । दीर्घकालीन कामको सोच हुनेछ । रवि, सोमबार व्यापार व्यावसाय र पारवहन कार्य सहज रहनेछ । मंगल, बुध, बृहस्पतिबार नितान्त प्रतिकूल रहनेछ । शुक्रबार मध्यम प्रायःरहनेछ ।
कर्कट : साताको सुरु र अन्तिम बाहेक बाँकी सबै दिन अनुकूल रहनेछन् । शनिबार सावधान योग्य रहनेछ । रवि, सोमबार शत्रु पराजित हुनेछन् । आत्मबल बृद्धि हुनेछ । मंगल, बुध, बृहस्पतिबार दाम्पत्य जिवन सुखमय रहने देखिन्छ । शुक्रबार प्रतिकूल रहनेछ ।
सिहं : साताको उत्तरार्ध अनुकूल रहनेछ । शनिबार नितान्त प्रतिकूल रहनेछ । रवि, सोमबार मध्यम प्रायः रहनेछ । मंगल, बुध, बहस्पतिबार शत्रु माथि विजय प्राप्त हुनेछ । मनोबल बढ्नेछ । शुक्रबार अत्यन्त सुखद र सहज यात्रा गरिनेछ । मनोरजन हुनेछ ।
कन्या : साताको सुरु र अन्तिम अनुकूल रहनेछ । शनिबार निर्णायक कामको जिम्मा बढ्नेछ । यश, कीर्ति मिल्नेछ । रवि, सोमबार नितान्त प्रतिकूल रहनेछ । मंगल, बुध, बृहस्पतिबार स्वास्थ्य निकै कमजोर रहन सक्नेछ । शुक्रबार शत्रु पराजित हुनेछन् । मावलीबाट सहयोग पाइनेछ ।
तुला : साताको थोरैमात्र दिन अनुकूल रहनेछ । शनिबार बोलीबचनमा सावधान रहनु पर्ने देखिन्छ । रवि, सोमबार विशेष क्रियाशिलता र व्यस्तता बढ्नेछ । सामाजिक दायित्व थपिनेछ । मंगल, बुध, बृहस्पतिबार प्रतिकूल रहनेछ । शुक्रबार सावधान योग्य रहनेछ ।
वृश्चिक : साता सरदर खालको रहनेछ । शनिबार भाग्योदकारक रहनेछ । उपयुक्त अवसर मिल्नेछ । पढाइले गति लिने देखिन्छ । रवि, सोमबार मध्यम प्रायः रहनेछ । मंगल, बुध, बृहस्पतिबार साताकै सफलता प्रदायक रहनेछ। शुक्रबार नितान्त प्रतिकूल रहनेछ ।
धनु : साता मिश्रित प्रायः रहनेछ । शनिबार खर्चिलो रहनेछ । रवि, सोमबार भाग्यवर्धक कार्यसिद्धि हुनेछ । महत्वपूर्ण काम हात लाग्नेछ । मंगल,बुध, बृहस्पतिबार आर्थिक विचलन देखिन सक्नेछ । शुक्रबार निर्णायक कामको जिम्मा बढ्नेछ ।
मकर : साता सरदर नै रहनेछ । शनिबार लाभदायक काम बन्नेछ । मन प्रसन्न हुनेछ । रवि, सोमबार मध्यम प्रायः रहनेछ । मंगल, बुध, बृहस्पतिबार उन्नतिकारक र भाग्यवर्धक रहनेछ । उपयुक्त अवसर प्राप्त हुनेछ । शुक्रबार मध्यम रहनेछ ।
कुम्भ : साताको अधिकाशं दिन अनुकूल रहनेछन् । शनिबार मानसम्मान पद प्रतिष्ठा प्राप्त हुनेछ । रवि , सोमबार आयआर्जन र विद्याबुद्धि बढ्नेछ । मन प्रसन्न हुनेछ । मंगल, बुध, बृहस्पतिबार प्रतिकूल रहनेछ । शक्रबार उपयुक्त अवसर प्राप्त हुनेछ ।
मीन : साताको सुरु र अन्तिम बाहेक बाँकी सबै दिन अनुकूल रहनेछन् । शनिबार धर्मकर्ममा अवरोध आउन सक्नेछ । रवि, सोमबार सम्मानित भइनेछ । दीर्घकालिन कार्ययोजना बन्नेछ । मंगल, बुध, बृहस्पतिबार सबै तिरबाट अनुकूल र लाभदायक रहनेछ । शक्रबार प्रतिकूल रहनेछ ।
प्रतिक्रिया दिनुहोस