कोरोना संक्रमित बढेपछि कपिलवस्तु पूर्णरूपमा सिल

नौलो समाचार संवाददाता
२०७७ बैशाख २९, सोमबार मा प्रकाशित ४२९ पटक पढिएको
कोरोना संक्रमित बढेपछि कपिलवस्तु पूर्णरूपमा सिल

बैशाख २९, काठमाडौं । लगातार १५ जनामा कोरेना संक्रमण देखिएपछि कपिलबस्तु जिल्लालाई पूर्णरुपमा सिल गर्ने निर्णय गरिएको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२०को दफा २ (१) बमोजिम वैशाख २९ गते साँझ ५ गतेदेखि जेठ ५ गते मध्यरातसम्म जिल्ला बन्द राख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

“कपिलवस्तु कोरोनाको उच्च जोखिममा रहेकाले राजपत्रमा प्रकाशित अति आवश्यकीय वस्तुहरू ढुवानी (खाद्यान्न, तरकारी, फलफूल, दूघ, पेट्रोलियम पदार्थ लगायत) दिइने छ । जिल्लाभित्र गुड्ने सबै सवारी साधन, मानिसको आवतजावतमा पूर्णतः रोक लगाइएको छ,” पौडेलले भने ।

कपिलवस्तुमा हालसम्म १५ जना कोरोना संक्रमित फेला गरेका छन् । उनीहरूको बुटवलको अस्थायी अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य छ ।

प्रतिक्रिया दिनुहोस