काभ्रे सहित अासपासका जिल्लामा भूकम्पको धक्का महसुस

नौलो समाचार संवाददाता
२०७७ बैशाख ३१, बुधबार मा प्रकाशित ९०८ पटक पढिएको

काभ्रे सहित अासपासका जिल्लामा भूकम्पको धक्का महसुस

बैशाख ३१, काभ्रे । मंगलबार राति काभ्रे लगायत अासपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ ।

करिब ११ बजेर ५३ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार दोलखाको जुगुलाई केन्द्रबिन्दु बनाएर ५.३ म्याग्‍निच्यूडको भूकम्प गएको हो।

यो भूकम्पको धक्का काठमाडौं उपत्यकासहित दोलखा, रामेछाप, काभ्रे र सिन्धुपाल्चोकसहितका जिल्लामा पनि महसुस गरिएको छ।


प्रतिक्रिया दिनुहोस