देशबाहिर समस्यामा परेका नेपाली उद्धारको तयारी गर्दै सरकार

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ ४, आईतबार मा प्रकाशित ३५८ पटक पढिएको
देशबाहिर समस्यामा परेका नेपाली उद्धारको तयारी गर्दै सरकार

जेठ ४, काठमाडाैं । सरकारले देशबाहिर रहेर समस्यामा परेका नेपालीलाई उद्धार गर्ने तयारी गरेको बताएको छ। कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको आइतबारको बैठकले यसबारले छलफल गरेको हो।

देशबाहिर रहेका नेपाली ल्याउने विषयमा छलफल भएको एक मन्त्रीले बताए। तर यसबारे भने प्रधानमन्त्रीले भनेअनुसार हुने ती नेताले जानकारी दिए। यसअघि पनि विदेशमा रहेका नेपाली ल्याउने विषयमा छलफल भएको थियो। तर प्रधानमन्त्रीले हतार गर्ने बेला नआएको भन्दै अस्वीकार गरेका ती मन्त्रीले बताए।

प्रधानमन्त्री यसबारे सहमत भए आवश्यक तयारी गरेर नेपाली नागरिक ल्याउन सरकार तयार रहे ल्याउन सकिने ती मन्त्रीले बताए।

उच्चस्तरीय समितिमा सचिवस्तरीय कार्यदलले हरेक दिन नेपाल–भारतबाट तथा हवाई मार्गबाट तीन हजार नेपाली ल्याउने प्रस्ताव पेस गरेको छ। उद्धार गरी ल्याइने नेपालीलाई देशभित्र बनाइएको क्‍वारेन्टाइनमा राखिने र यससम्बन्धी सबै खर्च व्यक्ति आफैंले बेहोनुपर्ने बताइएको छ।

क्‍वारेन्टाइनमा राखेको निश्चित समय पूरा भएपछि परीक्षण गरिने र रिपोर्ट नेगेटिभ आए मात्र व्यक्तिलाई घर पठाइने व्यवस्था गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस