स्वाब संकलनका लागि आज पनि सिन्धुपाल्चोक जाँदैछ मन्त्रालय र प्रयोगशालाको टोली

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ ५, सोमबार मा प्रकाशित ३४८ पटक पढिएको
स्वाब संकलनका लागि आज पनि सिन्धुपाल्चोक जाँदैछ मन्त्रालय र प्रयोगशालाको टोली

जेठ ५, काठमाडौँ – कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकी महिलाको सम्पर्कमा आएका आफन्त तथा गाउँलेको स्वाब संकलनका लागि स्वाथ्य मन्त्रालय र प्रदेश स्तरीय जनस्वास्थ्य प्रयोगशालाको टोली अाज (सोमबार) पनि सिन्धुपाल्चोक जाँदैछ ।

गएको बिहीबार राति धुलिखेल अस्पतालमा उपचारको क्रममा सुत्केरी महिलाको कोभिड–१९ बाट मृत्यु भएको थियो । सिन्धुपाल्चोकको बाह्रबिसे राम्चेकी ३० वर्षकी महिलाको मृत्यु भएपछि उनको सम्पर्कमा आएकाहरुको स्वाब संकलनको काम भइरहेको छ ।

आइतबार ५४ जनाको स्वाब संकलन गरिएको थियो । सोमबार पनि स्वाब संकलनका लागि मन्त्रालय र प्रयोगशालाको टोली जाने भएको हो ।

कोभिड–१९ बाट मृत्यु भएकी महिलाको परिवारका सदस्य, आफन्त, छिमेकीको खोज गरी स्वाब लिइएको र सो क्रम जारी रहेको स्वास्थ मन्त्रालयका एक उच्च अधिकारीले बताए । उनका अनुसार यो काममा नेपाली सेनाको पनि भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस