अब शुल्क तिरेर काेराेना परीक्षण गर्न पाइने

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ ६, मंगलबार मा प्रकाशित ४५६ पटक पढिएको

अब शुल्क तिरेर काेराेना परीक्षण गर्न पाइने

अब शुल्क तिरेर काेराेना परीक्षण गर्न पाइने

 

जेठ ६, काठमाडौं । कोरोनाको लक्षण नदेखिए पनि अब शुल्क तिरेर पीसीआर परीक्षण गर्न पाइने भएकाे छ।

स्वइच्छाले पीसीआर परीक्षण गर्न चाहने व्यक्तिले सार्वजनिक स्वास्थ्य संस्थाहरुमा तोकिएको दररेटमा परीक्षण गराउने नीतिगत व्यवस्था गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता देवकोटाले अाज (मंगलबार) आयोजित नियमित पत्रकार सम्मेलनमा शूल्क तिरेर पीसीआर परीक्षण गर्न पाउने व्यवस्था मिलाइएको जानकारी दिए।

मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार अाज अपराह्नसम्म काठमाडौं उपत्यकामा ३ सहित देशका विभिन्न जिल्लामा २७ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ देखि ४२ वर्ष उमेर समूहका २४ जना पुरुष र ३ जना महिलामा संक्रमण देखिएको हो।

मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार झापामा ९, मोरङमा १, सुनसरीमा १, सर्लाही २, काठमाडौंमा ३, भक्तपुरमा १, मकवानपुरमा १, रामेछापमा १, ललितपुरमा १, सिन्धुलीमा १, कपिलवस्तुमा ४ र नवलपरासीमा १ जना नयाँ संक्रमित थपिएका हुन्। योसँगै नेपालमा संक्रमितको संख्या ४ सय २ पुगेको छ।

अहिलेसम्म ३७ जना उपचारपछि निको भएर घर फर्किएका छन्।


प्रतिक्रिया दिनुहोस