आन्तरिक तथा बाह्य उडान र अन्तर्राष्ट्रिय सीमानाका जेठ ३० सम्म बन्द

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ ७, बुधबार मा प्रकाशित ७०५ पटक पढिएको

आन्तरिक तथा बाह्य उडान र अन्तर्राष्ट्रिय सीमानाका जेठ ३० सम्म बन्द

जेेेठ ७, काठमाडौँ । सरकारले आन्तरिक तथा बाह्य उडान जेठ ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको छ।

कोरोना भाइरस (कोभिड–१९० रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले जेठ मसान्तसम्म आन्तरिक तथा बाह्य उडान बन्द गर्ने निर्णय गरेको हो।

यसअघि सरकारले जेठ १८ सम्मका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको थियो। कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले समयावधि थप गरेर जेठ मसान्तसम्म पुर्‍याएको हो।

साथै समितिले अन्तर्राष्ट्रिय सीमानाका पनि जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ।


प्रतिक्रिया दिनुहोस