अाज ३२ जना संक्रमित थपिए, कुल संख्या ४ सय ३४ पुग्यो

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ ७, बुधबार मा प्रकाशित ३५१ पटक पढिएको

अाज ३२ जना संक्रमित थपिए, कुल संख्या ४ सय ३४ पुग्यो

जेठ ७, काठमाडौं । थप सात जनामा कोरोनाभाइरस पुष्टि भएको छ। प्रदेश १ को प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ५ जनामा कोरोना पोजेटिभ देखिएको हो।

त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटा र र धरानका १–१ जनालाई कोरोनाभाइरस पुष्टि भएको प्रदेश १ मुख्यमन्त्री कार्यालयले जनाएको छ।

प्रदेश १ मा कोरोना टेष्टको दायरा बढेसँगै संक्रमितको संख्या पनि दिनहुँ थपिन थालेको मुख्यमन्त्री कार्यालयकाे भनाइ छ। यसअघिका २५ जनासहित बुधबार ३२ जना संक्रमित थपिएका छन्।

हालसम्म कुल संक्रमितको संख्या ४३४ पुगेको छ भने निको भएर घर फर्कनेको संख्या ४५ छ।


प्रतिक्रिया दिनुहोस