उपचारमा संलग्न डाक्टर कुटिएपछि आन्दोलित भए डाक्टरहरु

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ १८, आईतबार मा प्रकाशित २६४ पटक पढिएको

उपचारमा संलग्न डाक्टर कुटिएपछि आन्दोलित भए डाक्टरहरु

जेठ १८, काठमाडौं । उपचारको क्रममा बिरामीको निधन भएपछि आफन्तले डाक्टरमाथि कुटपिट गरेको घटनाको विरोधमा डाक्टरहरु आन्दोलनमा उत्रिएका छन् । जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा डाक्टरहरुले आइतबार प्रदर्शन गरेका हुन् ।

जेठ १४ गते जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा उपचारका क्रममा बिरामीको मृत्युपछि आफन्तले उपचारमा संलग्न चिकित्सक माथि हातपात गरेका थिए ।

घटनामा संलग्न दोषीको पहिचान गरी तत्काल कारवाही प्रक्रिया अगाडि बढाउनु उनीहरुले माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस