च्याम्पियनसिपका खेलहरु जुन २० देखि सुरु हुने

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ १९, सोमबार मा प्रकाशित ४१३ पटक पढिएको
च्याम्पियनसिपका खेलहरु जुन २० देखि सुरु हुने

जेठ १९, एजेन्सी । कोरोना भाइरसको महामारीका कारण रोकिएको च्याम्पियसिप फुटबलको यो सिजनका खेलहरु यही जुन २० देखि पुनः सुरु हुने भएको छ ।

तीन महिना भन्दा बढी समयपछि लिगका खेलहरु सुरु हुने तय भएको हो । इंग्लिस फुटबल लिगका अनुसार सुरक्षात्मक उपायहरुसहित खेल हुने छन् ।

लिगका १०८ खेलहरु बाँकी छन् । यस्तै प्लेअफ सेमिफाइन र फाइनल खेल पनि हुन बाँकी रहेको छ । जुलाई ३० भित्रमा सबै खेल सक्ने तयारी रहेको इएफएलले जनाएको छ ।

गएको मार्च ८ देखि च्याम्पियनसिपका कुनै पनि खेल भएका छैनन् । इंग्लिस प्रिमियर लिग फुटबलका बाँकी खेलहरु जुन १७ देखि सुरु हुने तयारी छ ।

प्रतिक्रिया दिनुहोस