चौबीस घण्टामा विश्वमा १ लाख ९ हजार ५१ संक्रमित थपिए

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ १९, सोमबार मा प्रकाशित ८०६ पटक पढिएको
चौबीस घण्टामा विश्वमा १ लाख ९ हजार ५१ संक्रमित थपिए

जेठ १९, काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा १ लाखभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । २४ घण्टाको अवधीमा १ लाख ९ हजार ५१ कोरोना संक्रमित थपिएका छन् ।

सबैभन्दा धेरै संक्रमित अमेरिकामा २० हजार ७०५ थपिएका छन् । सोही २४ घण्टाको अवधीमा अमेरिका पछि ब्राजिलमा १६ हजार ४०९ संक्रमित थपिएका छन् । अघिल्लो २४ घण्टामा ब्राजिलमा करिब ३० हजार संक्रमित एकै दिन थपिएका थिए ।

पछिल्लो २४ घण्टामा रुसमा ९ हजार २६८, भारतमा ८ हजार ७८२ कोरोना संक्रमित थपिएका छन् ।

हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ६२ लाखभन्दा धेरैमा कोरोना संक्रमण देखिसकेको छ ।

प्रतिक्रिया दिनुहोस