बाँके दुर्घटना : मृत्यु भएका १२ जना र सबै घाइतेको कोरोना भाइरस परीक्षण प्रक्रिया सुरु

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ १९, सोमबार मा प्रकाशित ३१२ पटक पढिएको
बाँके दुर्घटना : मृत्यु भएका १२ जना र सबै घाइतेको कोरोना भाइरस परीक्षण प्रक्रिया सुरु

जेठ १९, नेपालगञ्ज । बाँकेमा आइतबार मध्यराति गाडी दुर्घटनामा मृत्यु भएका १२ जनामा कोरोना भाइरसको संक्रमण रहे/नहेको थाहा पाउनका लागि परीक्षण सुरु भएको छ ।

नेपालगञ्जमा रहेको भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. प्रकाश थापाले मृतक र घाइते सबैको कोरोना भाइरसको परीक्षण गर्न थालेको बताए । ‘स्वाब लिने काम सुरु गरिसकेका छौँ’, मेसु डा. थापाले भने, ‘कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्रै शव हस्तान्तरण हुन्छ ।’

शवको सनाखत हुन सकेको छैन । भारतबाट आएकाले उनीहरुमा कोरोनाको जाखिम रहेको छ । सबैको शव भेरीमा रहेको छ । घाइतेहरुको पनि त्यही उपचार भइरहेको छ ।

भारतका विभिन्न शहरबाट आएका ३३ जना ना ५ ख ५९९५ नम्बरको फोर्स गाडीमा सल्यान जाँदै गर्दा आइतबार राति सवा १२ बजे दुर्घटनामा परेका थिए ।

बाँकेको राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर २ स्थित पूर्व–पश्चिम राजमार्गको ठुरिया जंगलमा रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा फोर्स गाडीमा रहेका ११ जनाको घटनास्थलमै मृत्यु भएको थियो । एकजनाको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस