विवादकाविच युएईबाट एयर अरेबिया काठमाडौं उड्यो, विमानमा १६८ यात्रु सवार

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २३, शुक्रबार मा प्रकाशित ५२८ पटक पढिएको
विवादकाविच युएईबाट एयर अरेबिया काठमाडौं उड्यो, विमानमा १६८ यात्रु सवार

जेठ २३, काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)बाट १६८ जना नेपाली यात्रु लिएर एयर अरेबिया काठमाडौंका लागि उडेको छ । एयर अरेबियाको उडान नम्बर जी ९: १७५१ नम्बरको विमान स्थानीय समयअनुसार १२ : ०३ मा उडेको हो । जहाजमा एक नेपालीको शव पनि छ ।

जहाजमा नेपाली दूतावासले प्राथमिकताको आधारमा तय गरेको यात्रु छैनन् । विमान दुई वटा सुरक्षा कम्पनीमा करार अवधि समाप्त भएका नेपाली सुरक्षा गार्डहरु रहेका छन् ।

सरकारले प्राथमिकतामा परेको नेपाली यात्रु नपरेपछि उडानलाई अनुमति दिने कि नदिने भन्ने बिहानदेखि नै विवाद परेको थियो । विमानभित्र प्रवेश गरिसकेको यात्रुलाई बाहिर निकालिएको थियो । फेरि नेपाल सरकारको एउटा फारममा हस्ताक्षर गर्न लगाइएपछि निर्धारित समयभन्दा ४० मिनेट ढिलो गरी सारजाह विमानस्थलबाट विमान उडाइएको हो ।

यो विमान त्रिभुवन विमानस्थलमा साँझ ६ बजे अवतरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस