नेपालमा काेराेनाबाट मृत्युु हुनेकाे संख्या १३ पुग्याे, संक्रमितको संख्या ३ हजार २ सय ३५

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २४, शनिबार मा प्रकाशित ८१७ पटक पढिएको
नेपालमा काेराेनाबाट मृत्युु हुनेकाे संख्या १३ पुग्याे, संक्रमितको संख्या ३ हजार २ सय ३५

जेठ २४, काठमाडौं । धनगढीस्थित सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार उनको शुक्रबार डायलाइसिसका क्रममा मृत्यु भएको हो। उनको पिसिआर परीक्षणका क्रममा कोरोना पोजिटिभ देखिएको छ।

धनगढी ४ की ५५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो। यो सहित नेपालमा कोरोना संक्रमण देखिएका १३ जनाको मृत्यु भएको छ।

नेपालमा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार २८६ जना पुरुष र ३७ जना महिलामा संक्रमण देखिएको हो।

आज थपिएका ३२३ सहित नेपालमा संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको प्रवक्ता डा देवकोटाले जानकारी दिए।

नेपालमा हालसम्म ३६५ जना उपचारपछि निको भएका छन्। पछिल्ललो २४ घण्टामा ३२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका हुन्।

प्रतिक्रिया दिनुहोस