अाईतबारदेखि देशभरका मालपोत कार्यालय खुल्ने

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २४, शनिबार मा प्रकाशित ६८५ पटक पढिएको
अाईतबारदेखि देशभरका मालपोत कार्यालय खुल्ने

जेठ २४, काठमाडौं। सरकारले कोरोना भाइरस रोकथामको लागि लगाइएको लकडाउनको समयभित्र नै देशभरका भूमिसुधार र मालपोत कार्यालय खुल्ने भएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागले एक विज्ञप्ति निकालेर देशभरका भूमिसुधार र मालपोत कार्यालय आइतबारदेखि खोल्ने जनाएको छ ।

विज्ञप्तिमा विभागका कर्माचारीहरुले स्वास्थ्य सुरक्षा सतर्कता अपनाई आन्तरिक प्रशासन व्यवस्थापन तथा अन्य अत्यावश्यक सेवा सञ्चालन गर्न लगेको उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस