एसईई परीक्षा नगर्ने सरकारकाे निर्णय : आन्तरिक मूल्याङ्कनका आधारमा प्रमाणपत्र दिइने

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २९, बिहिबार मा प्रकाशित ६६८ पटक पढिएको
एसईई परीक्षा नगर्ने सरकारकाे निर्णय : आन्तरिक मूल्याङ्कनका आधारमा प्रमाणपत्र दिइने

जेठ २९, का‍ठमाण्डाै । सरकारले कोरोना भाइरस महामारीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई) नगर्ने  निर्णय गरेको छ ।

बुधबार राति अबेरसम्म चलेकाे बैठकले (एसईई) परीक्षा नगर्ने र विद्यालयद्वारा गरिएको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने गरी निर्णय गरेको हाे ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्घीय संसदमा पेश हुने सङ्घीयताअनुरुपको शिक्षा ऐन पारित भएपछि माध्यमिक शिक्षाको कक्षा १० अन्तिम परीक्षाका सम्बन्धमा यो यसरुपमै दीर्घकालीन रुपमा व्यवस्थापन हुने जानकारी दिनुभयो ।

शैक्षिक सत्र २०७६ को परीक्षा साविकबमोजिम २०७६ चैत्र ६ गतेदेखि सञ्चालन हुने गरी कार्यतालिका प्रकाशन गरी सबै तयारी पूरा भइसकेको भएता पनि कोरोना सङ्क्रमणको अवस्थालाई दृष्टिगत गरी कोरोना सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गत चैत ५ गतेको निर्णयानुसार स्थागित भएको थियो ।

प्रतिक्रिया दिनुहोस