१८७ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज, निको हुनेको संख्या ८६१

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ २९, बिहिबार मा प्रकाशित ३९७ पटक पढिएको
१८७ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज, निको हुनेको संख्या ८६१

जेठ २९, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरका आइसोलेसनमा उपचाररत १८७ संक्रमित निको भएर डिस्चार्ज भएका छन्।  ८ महिलासहित १७९ पुरुषहरु संक्रमण निको भई डिस्चार्ज भएका छन्।

हालसम्म देशभरबाट ८६१ जना व्यक्तिहरु कोरोना संक्रमिणहरु  उपचारपछि निको भएका छन्। ७७४ पुरुष र ८७ महिला सहित हालसम्म ८६१ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २५० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार २५० जनामा संक्रमण देखिएको हो।

आज थपिएका २५० सहित नेपालमा संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस