पर्वतको दुर्लुङमा पहिरोमा पुरिएर ८ जनाको मृत्यु, १ जना अझै बेपत्ता

नौलो समाचार संवाददाता
२०७७ जेष्ठ ३२, आईतबार मा प्रकाशित ६०७ पटक पढिएको
पर्वतको दुर्लुङमा पहिरोमा पुरिएर ८ जनाको मृत्यु, १ जना अझै बेपत्ता

जेठ ३२, पर्वत ।  पर्वतको कुस्मा नगरपापिलका वडा नं ३ दुर्लुङको ढकालबारी गए राती पहिरोमा पुरिएका ९ जनामध्ये ६ जनाको शव भेटिएको छ भने अझै तीन जना बेपत्ता रहेका छन् ।

घरभन्दा माथिबाट आएको पहिरोले दुई घर पुरिंदा दुई परिवारका ९ जना पुरिएका हुन् । पहिरोमा पुरिएका मध्ये ५८ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी विविशा थापा, दिपा थापा र तथा अर्को परिवारका कमला विक र प्रमिशा विकको शव भेटिएको हो । थप तीन जनाको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका सम्राट थापा, विवेक थापा र जेनिस विकको खोजी कार्य जारी रहेको जिल्ल प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक बुद्धी सुवेदीले जानकारी दिए ।

घटना घटे लगत्तैदेखि अहिलेसम्म नेपाल प्रहरी, नेपाली सेना, ससस्त्र प्रहरी र स्थानीय उद्दारमा खटिएका छन् । गएराती १ बजेसम्म खोजी गरे पनि वर्षा नरोकिएकाले समस्या भएपछि सुरक्षाकर्मी फर्किएको थियो । आज बिहानवाट पुनः उद्धार कार्य सुरु गरिएपछि तीन जनाको शव फला पार्न सफल भएको प्रहरीले जनाएको छ । तीन जनाको भने राती नै शब भेटिएको थियो ।

शनिबार साँझ ६ बजेदेखि झण्डै दुई घण्टा आएको मुसलधारे पानीपछि पहिरो गएको हो । पहिरोले उनीहरूका घरमा रहेका अन्य पशुचौपायासमेत मरेका छन् । स्थानीयका अनुसार झण्डै तीन सय मिटरभन्दा माथिबाट पहिरो आएको छ । वर्षाकै कारण पहिरो आएको हुनसक्ने स्थानीय प्रभु गुरुङले जानकारी दिए ।

फोटो : अन्नपुर्ण पोस्ट

प्रतिक्रिया दिनुहोस