रियलको जितमा बेन्जेमाको उत्कृष्ट प्रदर्शन

नौलो समाचार संवाददाता
२०७७ अषाढ ५, शुक्रबार मा प्रकाशित ४९७ पटक पढिएको
रियलको जितमा बेन्जेमाको उत्कृष्ट प्रदर्शन

असार ५, म्याड्रिड । करिम बेन्जेमा रियल म्याड्रिडका लागि सर्वाधिक गोल गर्ने खेलाडी सूचीको पाँचौं स्थानमा पुगेका छन् । उनको दुई गोलको मद्दतले स्पेनी ला लिगामा रियलले बिहीबार राति भ्यालेन्सियालाई ३–० ले हरायो र शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी दुई अंकमा छोट्यायो ।

फ्रान्सका ३२ वर्षीय बेन्जेमाले रियलका लागि सबै प्रतियोगितामा गरेको गोल संख्या २ सय ४३ पुगेको छ र यसक्रममा उनले फेरेन्क पुस्कासलाई पछाडि छाडेका हुन् ।

एडन हेजार्डको पासमा बेन्जेमाले खेलमा गोलको खाता खोलेयता अन्त्यतिर भलिमा सुन्दर गोल गरे । यसबीच मार्को एसेन्सोले दोस्रो गोल थपे । एसेन्सोको पासमै तेस्रो गोल सम्भव भएको थियो ।

दोस्रो हाफको अन्त्यतिर सम्भव बेन्जेमाको दोस्रो व्यक्तिगत गोल कति धेरै उत्कृष्ट थियो भने त्यसमा प्रशिक्षक जिनेदिन जिदानलाई समेत विश्वास देखिएन् । जिदान गोलपछि आश्चर्य मानेर हात टाउकोमा राखिरहेका थिए ।

यस प्रदर्शनपछि बेन्जेमालाई रियलको इतिहासमा सर्वाधिक सफल स्ट्राइकरमध्ये एक मानिनेछ । दिनको अर्को खेलमा एलाभेसले रियल सोसिडाडलाई २–० ले हरायो ।

प्रतिक्रिया दिनुहोस