आईओएम डिन नियुक्ति सच्याउन डा. केसीको माग

नौलो समाचार संवाददाता
२०७७ अषाढ ५, शुक्रबार मा प्रकाशित ३९३ पटक पढिएको
आईओएम डिन नियुक्ति सच्याउन डा. केसीको माग

असार ५ , काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रका अभियन्ता डा. गोविन्द केसीले वरिष्ठताको आधार लत्याएर आईओएम डिन नियुक्त गरेकोमा गम्भीर आपत्ति जनाएका छन् ।

डा।केसीले शुक्रबार विज्ञप्ति जारी गर्दै व्यक्ति विशेषको नियुक्ति हुने वा नहुने भन्दा पनि वरिष्ठताको आधार भत्किने र सरकारलाई आफूखुसी कार्यकर्ताहरु भर्ती गर्न बाटो खुल्ने अवस्था सिर्जना भएको बताएका हुन् ।

राजनीतीकरण र दलीय भागवण्डाका कारण धराशायी हुने अवस्थामा पुगेको त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) वरिष्ठताका आधारमा डिन नियुक्ति भएपछि उल्लेख्य सुधार समेत भएको उनले बताएका छन् ।

“कुनै पनि नियुक्ति दलीय वफादारीका आधारमा नभई वरिष्ठताका आधारमा गर्न तथा वरिष्ठताको आधारबिना भएका नियुक्ति सच्याउन सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गर्दर्छौं । त्यसो नभएमा यी सारा समस्याका जडका रुपमा रहेको ओली–प्रचण्ड मनपरीतन्त्रविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुनेछौं,” उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस