ढाकाबाट आज पनि फर्किए १५५ नेपाली, १६८ नेपाली लिएर यूएईबाट एअर अरेबिया उड्यो

नौलो समाचार संवाददाता
२०७७ अषाढ ६, शनिबार मा प्रकाशित ५१३ पटक पढिएको
ढाकाबाट आज पनि फर्किए १५५ नेपाली, १६८ नेपाली लिएर यूएईबाट एअर अरेबिया उड्यो

असार ६, काठमाण्डौ । बंगलादेशको ढाकाबाट १५५ नेपाली आज पनि स्वदेश आइपुगेका छन् ।

हिमालय एअरको चार्टर्ड उडानमार्फत उनीहरु केहीबेरअघि काठमाण्डौ आइपुगेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । त्यहाँ समस्यामा परेका नेपाली लिन आज बिहान हिमालय एअरलाइन्स ६ जना यात्रु लिएर ढाका गएको थियो ।

यसअघि दुई उडानमार्फत ढाकाबाट ४१३ जना स्वदेश फर्किसकेका छन् । आजै कुवेतबाट १५० जना महिला र कोरियाबाट २२८ जना नेपाली स्वदेश फर्किएका छन् । मलेसिया, दोहा र यूएईबाट पनि त्यहाँ समस्यामा परेका नेपाली चार्टर्ड उडानमाफर्त स्वदेश फर्कंदै छन् ।​

यूएईबाट १६८ जना यात्रु लिएर एअर अरेबिया केही समयअघि काठमाण्डौका लागि उडेको छ यूएईको सारजहा विमानस्थलबाट १ शिशुसहित २६ जना महिला र १४२ जना पुरुष नेपाल फर्कंदै छन् । फर्कनेमध्ये केहीलाई कम्पनीले टिकट काटिदिएको छ भने केहीले आफैंले काटेका छन् ।


प्रतिक्रिया दिनुहोस