पाल्पामा पहिरोले चारवटा गाडी बगायो, दुईजनाको शव फेला

नौलो समाचार संवाददाता
२०७७ अषाढ ८, सोमबार मा प्रकाशित १५४४ पटक पढिएको
पाल्पामा पहिरोले चारवटा गाडी बगायो, दुईजनाको शव फेला

असार ८, बुटवल । पाल्पाको तानसेन रिडी खण्डमा पहिरोले ४ वटा सवारी साधन बगाउँदा २ जनाको मृत्यु भएको छ । एक जनालाई उद्धार गरेर अस्पताल पठाइएको छ।

पाल्पाको सदरमुकाम तानसेन देखि ७ किलोमिटर रिडी-तानसेन सडक खण्डको सम्मोबारी नजिकै पहिरो खस्दा एउटा ट्यांकर, एउटा बोलेरो जीप, एउटा मिनी ट्रक र एउटा कार बगाएको पाल्पा प्रहरीले बताएको छ। ती गाडीमा कति मानिसहरु थिए भन्ने यकिन जानकारी आएको छैन।

अहिले घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित उद्धारकर्मीहरु पुगेर उद्धारमा खटिएका छन् । घटनाबारे पूरा विवरण आउन बाँकी छ ।

photo: deshsanchar.com

प्रतिक्रिया दिनुहोस