कतारको दोहाबाट स्वदेश आइपुगे १४५ नेपाली, अरु पाँच देशबाट पनि फर्कंदै

नौलो समाचार संवाददाता
२०७७ अषाढ ९, मंगलबार मा प्रकाशित ४५६ पटक पढिएको
कतारको दोहाबाट स्वदेश आइपुगे १४५ नेपाली, अरु पाँच देशबाट पनि फर्कंदै

असार ९, काठमाण्डौ । आज कतारको दोहाबाट १४५ जना नेपालीहरु स्वदेश फर्किएका छन् ।

कतारमा कोरोनाको कारण विभिन्न समस्यामा परेकामध्ये दूतावासले प्राथमिकताको आधारमा १४५ जनालाई दोस्रो उडानमार्फत आज स्वदेश फर्काएको हो ।

हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत आज बिहानै नेपालीहरु स्वदेश आइपुगको छन् । दूतावासका अनुसार फर्कनेमा ६१ जना महिला र ८४ जना पुरुष रहेका छन् ।

यस्तै आज कुवेत, बंगलादेश, माल्दिभ्स र अस्टे«लिया र साउदीको जेद्दाबाट पनि नेपालीहरु स्वदेश फर्कंदैछन् ।

प्रतिक्रिया दिनुहोस