कोरोना भाइरसबाट हेल्मेटलाई जोगाउने ४ तरिका

नौलो समाचार संवाददाता
२०७७ अषाढ १७, बुधबार मा प्रकाशित ४६६ पटक पढिएको

कोरोना भाइरसबाट हेल्मेटलाई जोगाउने ४ तरिका

असार १७, काठमाडौं । लकडाउन खुकुलो हुँदै गएसँगै सामाजिक दुरि कायम गर्ने सहज माद्यम मोटरसाइकलको प्रयोग बढ्ने देखिएको छ । यसरी मोटरसाइकल चलाउँदा प्रयोग गर्ने हेलमेटलाई सुरक्षित राख्नु पर्ने हुन्छ ।

टाउकोमा प्रयोग गर्ने सुरक्षा साधन भएका कारण हेलमेटमा कोरोनाको उच्च जोखिम हुन्छ । कोरोना भाइरस मुख्यत मुख नाक तथा आँखाबाट सहजै शरिरमा प्रवेश गर्छ । यस कारण मोटरसाइकल चलाउँदा लगाउने हेलमेटको सुरक्षा गर्नु पर्ने हुन्छ ।

सनिटाइज गर्ने

हेलमेट प्रयोग गर्नुअघि र प्रयोग गरे पश्चात् हेलमेटलाई सेनिटाइज गर्नु पर्छ । अहिले बजारमा स्प्रे गर्न मिल्ने सेनिटाइजर उपलब्ध रहेको छ । यसका अलावा सफा कपडामा सेनिटाइजर राखेर हेलमेटको सबै भागमा राम्रोसँग दल्नु पर्छ ।

सधै सुख्खा स्थानमा राख्ने

प्रयोग गरेर सेनिटाइज गरि हेल्मेट थन्काउँदा सधै सुख्खा स्थानमा राख्नु पर्छ । चिसो स्थानमा चाँडै कोरोना भइरस फैलने बिज्ञहरुको भनाई रहेको छ ।

पार्किङ गर्दा ध्यान दिने

सार्वजनिक स्थानमा मोटरसाइकल पार्किङ गर्दा हेलमेटलाइ मिररमा वा सिटमा छाडेर हिड्नु हुदैन । यसरी हेलमेट छाड्दा धेरै मानिसको सम्पर्कमा आउन सक्छ । त्यसैले पार्किङ पछि हेलमेट आफैसँग लिएर हिड्नु उपयुक्त हुन्छ ।

व्यक्तिगत प्रयोग

एउटा हेलमेट एकजनाले मात्र प्रयोग गर्नु उपयुक्त हुन्छ । आफ्नो हेलमेट कसैलाई पनि प्रत्यक्ष प्रयोग हुने भएका कारण हेलमेटलाई व्यक्तिगत प्रयोग गनु पर्छ ।


प्रतिक्रिया दिनुहोस