सिन्धुपाल्चोकमा विभिन्न ठाउँमा बाढी, दुईको मृत्यु, ११ बेपता, १४ घर बगे

नौलो समाचार संवाददाता
२०७७ अषाढ २५, बिहिबार मा प्रकाशित ५४० पटक पढिएको

सिन्धुपाल्चोकमा विभिन्न ठाउँमा बाढी, दुईको मृत्यु, ११ बेपता, १४ घर बगे

असार २५, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा भोटेकोशी र याल्मो नदीमा आएको बाढीले बगाउँदा दुईजनाको मृत्यु भएको छ ।

बाह्रबिसे ५ जम्बुका दुई जनाको शव भेटिएको छ भने ११ जना बेपता भएका छन् । जम्बुमा केही घर बगाएको स्थानीयले जानकारी दिएका छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ५, जम्बुमा पहिरो गई १४ घर बगाउँदा दुई जनाको मृत्यु भएको छ भने ९ जना वेपत्ता छन् ।

पहिरोमा परेका उनीहरु भोटेकोशी नदीमा वेपत्ता भएका हुन् । भोटेकोशी नदीले अरनिको राजमार्गको जुरे क्षेत्र र बाह्रबिसे क्षेत्रमा सडक पूर्णरुपमा कटान गर्दा सो क्षेत्रसँग सम्बन्धसमेत विच्छेद भएको छ ।

घटनामा घाईते ३ जनाको उद्दारको लागि हेलिकप्टर ल्याउने तयारी भइरहेको छ।

शव फेला परेकामा जम्बुका २० वर्षीय निकेश बस्नेत र उनकी तीन वर्षीया छोरी रहेको स्थानीयले जानकारी दिएका छन् । अझै नौ जना बेपत्ता छन् ।

लगातार तीनदिनसम्म देशभर ठूलो पानी पर्ने चेतावनी गृह मन्त्रालयले दिएकै बेला जम्बुमा पहिरोले विनाश गरेको हो। जम्बु बाह्रबिसे बजारबाट करीब ३ किलोमिटर माथि पर्दछ।

बाढीले एक स्कर्पियो, एक ट्रक र एक पानी बोक्ने ट्याक्कर बगाएको जिल्ला प्रहरी कार्यालयका डीएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार बाह्रबिसे नगरपालिका भन्दा माथि खागदल पुल बगाएको छ । पुल बगाउँदा बाह्रविसेमाथि र तलको सम्पर्क टुटेको हाे।

मध्य भोटेकोशीको निर्माण स्थल पनि बाढीका कारण ध्वस्त भएको छ ।

यसैगरी जुरे पहिरो अगाडि लगभग सय मिटर सडक पनि खोलाले कटान गरेको छ । थप विवरण आउन बाँकी रहेकाेे छ।

#सिन्धुपाल्चोक


प्रतिक्रिया दिनुहोस