भोटेकोसी बाढी अपडेट : २ को मृत्यु, १९ जना बेपत्ता (नामावली सहित)

नौलो समाचार संवाददाता
२०७७ अषाढ २५, बिहिबार मा प्रकाशित ७५० पटक पढिएको
भोटेकोसी बाढी अपडेट : २ को मृत्यु, १९ जना बेपत्ता (नामावली सहित)

असार २५, सिन्धुपाल्चोक । सिन्धुपाल्चाेकमा बुधबार राति बाढीले १४ घर बगाउनुका साथै दुई जनाको मृत्यु भएको छ । १९ जना बेपत्ता भएका छन् । भोटेकोसीसँगै वरपरका खाेलामा आएको बाढीले बाह्रबिसे नगरपालिकामा व्यापक क्षति पुर्याएको छ ।

बाह्रबिसे–५ गाती जम्बुमा एल्मो ठाडो खोला र काब्रे खाेला बस्ती पस्दा १४ घर बगाएको छ । राति साढे १२ बजे आएको बाढीले त्यहाँका २१ जना बेपत्ता बनाएकोमा दुईको शव फेला परेको हो ।

बाह्रबिसेको जम्बु बजार डुबानमा परेको छ। बुधबार राती  आएको बाढीले  बस्ती नै डुबानमा परेको बाह्रबिसे नगरपालिकाकी उपमेयर सुशिला पाख्रिनले जानकारी दिइन।

उनका अनुसार हालसम्म जम्बु निवासी २० वर्षीय नीकेश बस्नेत र उनकी तीन वर्षीय छोरीको शव फेला परेको छ भने अन्य १९ जना बेपत्ता छन्। बाढीले अरनिको राजमार्गको पुलसमेत बगाएको  छ। थाकसेलमा पनि  बाढीले बस्ती बगाएको छ । सोतागंमा पनि पहिरो गएको छ। बाढीले मध्ये भोटेकोशी जलविद्युत आयोजनाको स्टोर पनि बगाएको छ।

बेपत्ता हुनेको नामावली

भोटेकोशी गाउँपालिका-४, फुल्पिङकट्टीका

१. ९ वर्षका पासाङनोर्वु तामाङ

२. २७ वर्षकी मञ्जु तामाङ

३. छ वर्षकी पायल तामाङ र नाम नखुलेका १० दिनका नाबालक

बाह्रबिसे नगरपालिका -५, जम्बु

१. भिमबहादुर वाइबा

२. चिनमाया वाइबा

३. लिलामाया वाइबा

४. पासाङदोर्जे वाइबा

५. निमाडोल्मा वाइबा

६. लक्ष्मण वाइबा

७. सुनमाला वाइबा

८. जनकबहादुर थिङ

९. सविना तामाङ

१०. आकाश तामाङ

११. हिमेश शर्मा ( मध्यभोटेकोशी आयोजनाका कर्मचारी

१२. आकाश केसी ( जाइका परियोजनाका इन्जिनियर)

१३. तोकबहादुर तामाङ

१४. सलिनी तामाङ

१५. सुरेश तामाङ

१६. युक्तबहादुर तामाङ

प्रतिक्रिया दिनुहोस