कास्कीमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७७ श्रावण २, शुक्रबार मा प्रकाशित ५७० पटक पढिएको
कास्कीमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु
फाइल फोटो

साउन २, पोखरा। कास्कीमा एकै परिवारका तीन जनाको पहिरोमा पुरिएर मृत्यु भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण प्रेम विकको घरमाथि पहिरो खस्दा माछापुच्छ्रे गाउँपालिका(८ स्थित खोराकोमुखमा एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

पहिरोमा परी ज्यान गुमाउनेमा १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ वर्षीया रोजिना विक रहेको कास्की प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए।

तीनै जना प्रेम विकका नातीनातिना रहेको उनले बताए। घरमा ६ जना सुतिरहेको अवस्थामा माथिबाट पहिरो खसेको थियो । घरको १ कोठा पहिरोले च्यापेको छ ।

बाँकी ३ जना शकुसल रहेको र घटनास्थलमा प्रहरीको टोली पुगेर शव बाहिर निकाली सकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस