भोलिदेखि तीन दिनसम्म देशभर झरी पर्ने, प्रदेश १ र सुदूरपश्चिममा आजैदखि भारी वर्षा

नौलो समाचार संवाददाता
२०७७ श्रावण ११, आईतबार मा प्रकाशित ४७३ पटक पढिएको
भोलिदेखि तीन दिनसम्म देशभर झरी पर्ने, प्रदेश १ र सुदूरपश्चिममा आजैदखि भारी वर्षा

साउन ११, काठमाडौं। केही दिन सामान्य रहेको नेपालको मनसुन भोलिबाट फेरि सक्रिय हुने भएको छ । मनसुन सक्रिय हुँदा तीन–चार दिनसम्म धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ ।

केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भोलि रातिबाट मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहने छ ।

साथै अरब सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा भित्रिने सम्भावना देखिएकाले फेरि झरी सुरु हुने विभागको पूर्वानुमान छ ।

विभागले जारी गरेको विशेष मौसमी बुलेटिनमा भोलिदेखि ३–४ दिनसम्म नेपालमा मनसुन सक्रिय भै लगातार वर्षा हुने अनुमान गरिएको छ ।

मनसुन सक्रिय हुँदा नदी र खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने छ ।

साथै ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानको जोखिम रहनसक्ने भएकाले सतर्कता अपनाउन मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

आज भने देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज राति प्रदेश १ र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस