काठमाडौं उपत्यकासहित २०० भन्दा बढी संक्रमित रहेका जिल्लामा जोर बिजोर

राति ९ बजेदेखि ५ बजेसम्म हिँड्न नपाइने
नौलो समाचार संवाददाता
२०७७ श्रावण २१, बुधबार मा प्रकाशित ४३१ पटक पढिएको
काठमाडौं उपत्यकासहित २०० भन्दा बढी संक्रमित रहेका जिल्लामा जोर बिजोर

साउन २१, काठमाडौं। काठमाडौं उपत्यकासहित २०० भन्दा बढी कोरोना संक्रमित रहेका जिल्लामा बिहीबारदेखि सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ।

बुधबार गृह मन्त्रालयले उपत्यका बिहीबारबाट नै जोरबिजोर प्रणाली लागू गर्न निर्देशन दिइएको जानकारी दिएको हो।

उपत्यकाका साथै अन्य जिल्लामा भने २ सय भन्दा कोरोना संक्रमित भएका जिल्लामा समेत जोरबिजोर प्रणाली लागू गर्न मन्त्रालयले सबै जिल्लाका प्रशासन कार्यालयलाई निर्देशन दिइएको जानकारी गराएको छ।

२ सय भन्दा बढी संक्रिय संक्रमित रहेका जिल्लामा काठमाडौं उपत्यकासहित  कैलाली, पर्सा, रौतहट र महोत्तरी हुन्।

राति ९ बजेदेखि ५ बजेसम्म हिँड्न नपाइने

कोरोना संक्रमणलाई न्यूनीकरण गर्न सरकारले भोलि (बिहीबार) देखि राति ९ बजेदेखि ५ बजेसम्म हिँड्न नपाइने नियम लागू गरेको छ।

गृह मन्त्रालयले बुधबार एक सूचना जारी गरी यसबारे जानकारी गराएको हो।

सरकारले राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको हो।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाका अनुसार राति राति बाहिरी जिल्लाबाट सवारी आवागन धेरै हुने भएकाले संक्रमण रोक्न गृहले यस्तो नियम लागू गरेको हो।

अत्याआवश्यक बाहेक सार्वजनिक र निजी सवारी साधान जोर गते जोर नम्बर भएका र विजोर गते विजोर नम्बर भएका सञ्चालन गर्न पाइनेछ। भदौ १ गतेदेखि लामो दूरीको सवारी साधान चलाउने तयारी भइरहेका बेला जोर विजोर लागू गरिएको हो।

त्यस्तै सरकारले कार्यक्रम, सेमिनार, भोजलगायतमा पनि रोक लगाएको छ।


प्रतिक्रिया दिनुहोस