सिन्धुपाल्चोकको जुगलमा भीषण पहिरो, १३ घर बगे, ५ घरका मानिस सम्पर्कविहीन

नौलो समाचार संवाददाता
२०७७ श्रावण ३०, शुक्रबार मा प्रकाशित ४५६ पटक पढिएको
सिन्धुपाल्चोकको जुगलमा भीषण पहिरो, १३ घर बगे, ५ घरका मानिस सम्पर्कविहीन

साउन ३०, सिन्धुपाल्चोक। जुगल गाउँपालिका २ लिदीमा भीषण पहिरो गएको छ । आज बिहान करिब साढे ६ बजेतिर गएको पहिरोले १३ घर पुरेको जुगल गाउँपालिका अध्यक्ष होम नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

पहिरोमा पुरिएकामध्ये ५ घरका मानिस सम्पर्कविहिन रहेका छन् । पहिरोमा घर पुरिएकाहरु माथि डाँडामा गएर बसेका छन् । स्थानीयले सम्पर्कविहिनहरुको खोज र उद्धार गर्न सकेका छैनन् ।

भौगोलिक विकटता र भिरालो जमिनका कारण माथिबाट पहिरो आएको र तलबाट पनि जमिन भासिएकाले उद्धारमा कठिनाइ भएको हो ।

स्थानीयहरु उद्धार गर्न जानसक्ने अवस्थामा छैनन् । नजिकै कुनै गाउँ नभएको र प्रहरीपनि पुग्न नसकेकाले उद्धारमा समस्या भएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधव प्रसाद काफ्लेले कातिकेबाट प्रहरी उद्धारका लागि गएपनि लामो बाटो पार गर्नु परेकाले घटनास्थल पुग्न समय लाग्ने बताउनुभयो ।

उक्त ठाउँमा मानिस हिडेर पुग्न सम्भव नभएकाले हेलिकप्टरबाट उद्धार गर्ने प्रयास भइरहेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

घरहरु बगाएर बलेफि खोलासम्म ल्याएको छ । थप विवरण आउन बाँकी


प्रतिक्रिया दिनुहोस