निजी अस्पतालले कोरोना संक्रमितका लागि २० प्रतिशत बेड नछुट्याए पीसीआर परीक्षण अनुमति खारेज हुने

नौलो समाचार संवाददाता
२०७७ भाद्र ४, बिहिबार मा प्रकाशित २९४ पटक पढिएको
निजी अस्पतालले कोरोना संक्रमितका लागि २० प्रतिशत बेड नछुट्याए पीसीआर परीक्षण अनुमति खारेज हुने

४ भदौ, काठमाडौं।  सरकारले कोरोना संक्रमितको उपचारको लागि २० प्रतिशत बेड नछुट्याउने निजी अस्पतालहरूलाई दिइएइको पीसीआर परीक्षण अनुमति खारेज गर्ने निर्णय गरेको छ ।

पछिल्लो समय निजी अस्पतालहरू कोरोना संक्रमितका लागि बेड छुट्याउन तयार नदेखिएपछि मन्त्रालयले पीसीआर अनुमति खारेज गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना संक्रमितको उपचारको लागि २० प्रतिशत बेड नछुट्याउने निजी अस्पतालहरूलाई दिइएको पीसीआर परीक्षण अनुमति खारेज गर्ने मन्त्रालयले निर्णय गरेको छ ।

कोरोनाका बिरामीका लागि एक तिहाइ बेड छुट्याउने मेडिकल कलेज र प्रतिष्ठानलाई पीसीआर प्रयोगशाला सञ्चालन गर्न दिने निर्णय मन्त्रालयले गरेको थियो ।

निजी अस्पतालहरुले २० प्रतिशत र मेडिकल कलेजहरुले एक तिहाई बेड छुट्याएर कोरोन संक्रमित विरामीको उपचार गर्नुपर्ने बताईएको छ ।
गत साउन ३० गते मन्त्रालयले सूचना जारी गरेर निजी अस्पताल, प्रतिष्ठान र मेडिकल कलेजहरुलाई २० प्रतिशत बेड कोरोना संक्रमितको उपचारको लागि छुट्याउन निर्देशन दिएको थियो ।


प्रतिक्रिया दिनुहोस