काठमाडौंकी एक महिलासहित थप ६ कोरोना संक्रमितको मृत्यु

नौलो समाचार संवाददाता
२०७७ भाद्र ४, बिहिबार मा प्रकाशित ४१५ पटक पढिएको
काठमाडौंकी एक महिलासहित थप ६ कोरोना संक्रमितको मृत्यु

भदाै ४, काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ सय २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

२  महिला र ४ पुरुष गरी गत २४ घण्टामा ६ जना संक्रमितको मत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

काठमाडौं, मकवानपुर, सप्तरी र पर्सामा गरी ६ जना संक्रमितको मृत्यु भएको हो। काठमाडौंमा १ महिला, मकवानपुर र सप्तरीमा १/१ पुरुष, पर्सामा दुई पुरुष र एक महिला गरी ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घन्टामा थप २ सय जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार काठमाडौँ उपत्यकामा २०० जना नयाँ संक्रमित थपिएका हुन्। काठमाडौँ जिल्लामा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना नयाँ संक्रमित थपिएका हुन्।

बुधबार काठमाडौँ उपत्यकामा १५९ जना संक्रमित थपिएका थिए।

बिहीबार देशभर ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यसअघि बुधबार पनि ६ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस