हरितालिका तीज पर्व मनाइँदै, कोरोनाका कारण मन्दिरहरु सुनसान

नौलो समाचार संवाददाता
२०७७ भाद्र ५, शुक्रबार मा प्रकाशित ५४६ पटक पढिएको
हरितालिका तीज पर्व मनाइँदै, कोरोनाका कारण मन्दिरहरु सुनसान

भदाै ५, काभ्रे। हिन्दु महिलाहरु आज(शुक्रबार) हरितालिका तीज पर्व मनाउँदैछन् ।

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यो पर्व देवादिदेव महादेवको पूजा आराधना गरी मनाइन्छ ।

संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ ।

जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ ।

विवाहित महिलाले पतिको दिर्घायू र अविवाहित महिलाले सुयोग्य वरको कामना गर्दै तिजको दिन निराहार ब्रत बस्ने परम्परा छ ।

व्रत गर्ने नारीले अटल सौभाग्य प्राप्त गर्ने जनविश्वाश रहेको छ ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ ।

तीजका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा लाखौँ महिलाको भीड लाग्ने गरेकामा यस वर्ष कोरोना फैलन थालेपछि धेरै मन्दिर चैतदेखि नै बन्द गरिएको छ । सार्वजनिक याता यात संचालनमा राेक लागेपछि काभ्रेको पनाैतीस्थित ईन्द्रेश्वर मन्दिर, बनेपाको धनेेेेश्वर मन्दिरमा पनि खास चहलपहल देेेखिद‌‌ै‌ैन । देेशका अन्य मठमन्दिरहरुमा पनि खास चहलपहल छैन ।


प्रतिक्रिया दिनुहोस