दिनभरको भोको भए नि आधापेट खाएरै चल्ने भो जिन्दगी ,
एक छाक टार्न आश गर्दागर्दै बेहोस भै ढल्ने भो जिन्दगी ।
खियाएकै छन् नङ र मासु बगाएका छन् पसिनाका धारा ,
दिन रात करामत गरे पनि भोकै पेटमै बल्झने भो जिन्दगी।
सपना अनेकौं होलान् तर विपना त एउटैले सार्थक पार्नु छ,
यो पापी पेट सन्तुष्टि पार्न सपना विपनामै अल्झने भो जिन्दगी।
खै काँचुली कहिलेसम्म फेरिन्छ होला नविन जिवनको ,
अझै खालि उहीँ छ चाल भोको पेटमै जिउने पर्ने भो जिन्दगी ।
सायदै कुदिरहेकै जस्तो लाग्छ , गन्तव्यमा पुगिन्छ भनेर ,
तर थुप्रै व्यवधानले आधिबाटोमै भुसको आगोझै जल्ने भो जिन्दगी ।
प्रतिक्रिया दिनुहोस