कक्षा १२ को परीक्षा मंसिर ९ देखि

परिक्षा समय डेढ घण्टा मात्रै
नौलो समाचार संवाददाता
२०७७ कार्तिक ५, बुधबार मा प्रकाशित ४०५ पटक पढिएको
कक्षा १२ को परीक्षा मंसिर ९ देखि

कात्तिक ५, काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गते देखि हुने भएको छ । बोर्डले बुधबार परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

परीक्षा बिहान ८ बजेदेखि साढे ९ बजे सम्म डेढ घण्टा मात्रै हुने छ । कोही विद्यार्थी कोरोना संक्रमित भएरमा उसले पछि परीक्षा दिन पाउने छ ।

परीक्षा मंसिर १६ गतेसम्म सञ्चालन हुने छ । यसअघि कोरोना भाइरसका कारण परीक्षा स्थगित गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस