आज थप १३० कोरोना संक्रमित, ७ जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७७ माघ २६, सोमबार मा प्रकाशित ३६८ पटक पढिएको
आज थप १३० कोरोना संक्रमित, ७ जनाको मृत्यु

माघ २६, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३० जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै हाल नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या २ लाख ७२ हजार ५५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १९४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ६८ हजार २६६ पुगेको छ ।

२४ घण्टामा कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ४५ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस