बेथानचोक गाउँपालिकामा मेलमिलापकर्ता उत्पादन तालिम

नौलो समाचार संवाददाता
२०७७ फागुन १०, सोमबार मा प्रकाशित ६७० पटक पढिएको
बेथानचोक गाउँपालिकामा मेलमिलापकर्ता उत्पादन तालिम

फागुन १०, काभ्रे । काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाले नयाँ मेलमिलापकर्ता उत्पादन तालिम सम्पन्न गरेको छ ।

गाउँपालिकामा ८ दिनसम्म चलेको उक्त तालिम आइतबार सकिएको हाे । तालिममा २५ जना सहभागी भएका थिए ।

तालिम सकिए लगत्तै सहभागीहरु मेलमिलापकर्ता भइ गाउँपालिकाको न्यायीक शाखामा सुचिकृत हुने र प्रत्येक वडामा रहेको मेलमिलाप कार्यालयमा रहि समाजमा आइपर्ने समस्याहरुलाई मेलमिलापको माध्यमबाट समाधान गर्ने कार्यमा खटिने न्यायिक समिति संयोजक तथा गाउँपालिका उपाध्यक्ष सरिता लामिछाने तामाङले बताईन ।

नयाँ मेलमिलापकर्ता उत्पादनबाट समाजका हरेक टोल टोलमा मिलेर बस्न र आपसी झैझगडा समाजमै मिलाइ अदालती झन्झटिलो र खर्चिलो प्रक्रियामा नपुग्न मद्दत पुग्ने न्याय शाखा प्रमुख श्रीकृष्ण तिमल्सिनाले बताए ।

तालिममा सहभागी मुना श्रेष्ठले मेलमिलापकर्ता उत्पादन तालीम संचालनले गर्दा आफुहरु जस्ता युवाहरूमा कानुनी ज्ञान बढ्नुका साथै गाउँसमाजमा समस्याहरु किन कसरी आइपर्छन र तिनको समाधानमा युवाहरूले कस्ता भुमिका खेल्न सक्छन भन्ने अनुभुती भएको र अब हामी जस्ता युवा युवतीहरुलाई समाज प्रती उत्तरदायी बनाउन तालिम उपलब्धि मुलक रहेको बताइन ।

त्यस्तै आगामी दिनहरुमा पनि नेपालको संविधान, ऎन, कानुन र मेलमिलापका बारेमा तालीम तथा गोष्ठी संचालन गरेर न्यायीक कार्यमा थप टेवा पुराउने लक्ष्य गाउँपालिकाको रहेको गाउँपालिका उपाध्यक्ष एबम न्यायीक समिति संयोजक सरिता लामिछानेले बताएका छन् ।

तालिमको समापन कार्यक्रमलाइ सम्बोधन गर्नुहुदै गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले मेलमिलाप जस्तो न्यायीक कार्यमा आजदेखी लाग्न सहभागीहरुलाइ हौसला प्रदान गर्नुका साथै आवश्यकता पर्दा मेलमिलापकर्ता सङै सिङ्गो गाउँपालिका रहने आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता समेत गरेका छन् ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारिले उक्त मेलमिलापकर्ता उत्पादन तालिम कार्यक्रम उपलब्धि मुलक रहेको देख्न पाइने आशा व्यक्त गरेका छन् ।

गाउँपालिकामा तालिम कार्यक्रम यहि फागुन २ गते बाट सुरु भइ फागुन ९ गते सम्पन्न भएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस