नेपालमा ८४ लाखले चुरोट खाने गरेको तथ्याङ्क, प्रत्येक दिन ४२ करोड धुवामा उड्ने

नौलो समाचार संवाददाता
२०७८ बैशाख ३, शुक्रबार मा प्रकाशित १२४० पटक पढिएको
नेपालमा ८४ लाखले चुरोट खाने गरेको तथ्याङ्क, प्रत्येक दिन ४२ करोड धुवामा उड्ने

बैशाख ३, काठमाडौँ । नेपालमा सुर्तीजन्य पदार्थमा लाग्दै आएको कर अत्यन्त कम भएको भन्दै बिज्ञहरुले कर बढाउनुपर्ने धारणा राखेका छन् ।

स्वास्थ्य पत्रकार मञ्च नेपाल, द युनियन एसिया प्यासिफिक क्षेत्रीय कार्यलय सिंगापुर र एक्सन नेपालको सयुक्त आयोजना गरेको सुर्तीजन्य पदार्थमा कर वृद्धि र त्यसले जनस्वास्थ्यमा पार्ने प्रभाव विषयक अन्तरक्रिया कार्यक्रममा सुर्तिजन्य पर्दाथको कर साउथ एसियाकै सबैभन्दा कम भएकोले सहजे जनताको पहुँचमा पुगेको भन्दै कर बढाउनुपर्ने धारणा बिज्ञहरुले व्यक्त गरेका हुन् ।

सो कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश ठगुन्नाले सुतिजन्य पदार्थ सेवनले मानव स्वास्थ्यमा गम्भिर असर पार्ने भन्दै कर बढाउने विषयमा स्वास्थ्यमन्त्री र अर्थमन्त्री दुवैसँग छलफल गर्ने बताए । उनले भने, अल्पविकसित समाजमा धुम्रपानको प्रकोप बढेको छ । यसको सेवनले व्यतिmगत आर्थिक र मानविय क्षती समेत गर्छ ।

धुम्रपान गर्नाले क्यान्सर मात्र नभई मुटुमा समस्या आउने बरिष्ठ मुटु रोग बिशेषज्ञ डा.प्रेम राज बैद्यले बताए । डा.बैद्यका अनुसार, सुर्तिजन्य पदार्थ सेवन गर्ने ५० प्रतिशत मानिसहरुलाई हृदयघात हुने गरेको पाइएको छ । सुर्तिजन्य पदार्थ सेवनले सुरुमा मुटु रोग त्यसपछि फोक्सो र क्यान्सर हुने उनले बताए । उनले भने ‘सुर्तिजन्य पदार्थले हृदयद्दात, क्यामन्सर, फोक्सोमा समस्या, ब्रोनकाइटिस लगायत २६ प्रकारका रोगहरु निम्त्याउँछ ।’

नेपालमा हाल सुर्तीजन्य पदार्थमा हाल ३० प्रतिशत मात्रा कर लागु गरिएको छ त्यसलाई बढाउनुपर्ने स्वास्थ्य मन्त्रालयका कानुन उपसचिव मान बहादुर बस्नेतले बताए । उनले भने ‘सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न कानुनी व्यवस्था समेत रहेको छ अब यसलाई सहि अतरीका बाट बगाडि बढाउनु पर्छ ।

‘सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८’ मा सार्वजनिक स्थलमा कसैले धुम्रपान गर्न नपाइने, १८ वर्षमुनिका व्यक्ति गर्भवती महिलाले बेचविखन गर्न नपाउने, चुरोट बट्टामा मात्रै बिक्री वितरण गर्नुपर्ने, सार्वजनिक स्थलभन्दा १ सय मिटर टाढा मात्र सुर्तीजन्य पदार्थको बिक्री गर्नुपर्ने, सुर्तीजन्य पदार्थको सचेतनामुलक सूचना हरेक संस्थाले कार्यालयमा टाँस गर्नुपर्ने, एक व्यक्तिले सेवन गरेको सुर्तीजन्य पदार्थले कसैलाई असर गर्न नहुने लगायतका कुरा उल्लेख छ ।

नेपालमा २८ प्रतिशत अर्थात ८४ लाखले चुरोट खाने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.दिपेन्द्र रमण सिहंले बताए । ५ रुपैयाका दरले प्रति खिल्ली खर्च हुँदा प्रत्येक दिन ४२ करोड धुवामा उड्ने उनले जानकारी दिए ।

दक्षिण एसियामा सुर्तीजन्य पदार्थमा सबैभन्दा कम कर लागु गर्ने देशहरु मध्ये नेपाल पनि एक हो । नेपालमा सुर्तीजन्य पदार्थमा हाल ३० प्रतिशत मात्र कर लागु गरिएको छ जसले गर्दा सजिलै सँग सबैको पहुचमा पुगेको डा।रमण सिहं बताए ।

उनले भने ‘अहिले १८ अरब राजस्व उठ्ने गरेको भए पनि त्यसको दुई गुणा बढी रकम ४० अरब सुर्तीजन्य पदार्थको सेवनका कारण लाग्ने रोगको उपचारमा खर्च हुने बताए ।’

१५५३ जनामा गरिएको एक अनुसन्धानमा २८.३ जना ले सुर्तिजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको स्वास्थ्य अनुसन्धान परिषदका कार्यकारी प्रमुख डा।प्रदिप ज्ञावलीले जानकारी दिए।

सुर्तिजन्य पदार्थ सेवनले नेपालमा बार्षिक २७ हजार बढिको मृत्यु हुने गरेको एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्दले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस