तहसनहस मेलम्ची, सभामुख अग्निप्रसाद सापकोटा घटनास्थलमा (फोटो फिचर)

७ जनाको मृत्यु
नौलो समाचार संवाददाता
२०७८ अषाढ २, बुधबार मा प्रकाशित ९८१ पटक पढिएको
तहसनहस मेलम्ची, सभामुख अग्निप्रसाद सापकोटा घटनास्थलमा (फोटो फिचर)

असार २, सिन्धुपाल्चोक। अविरल वर्षासँगै आएको बाढीले मेलम्ची बजारमा ठूलो क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाढीले बगाउँदा ७ जनाको मृत्यु भएको छ। मेलम्ची खोला उर्लिंदा बस्ती डुबानमा पर्नुका साथै घर र पुलहरू बगाएको छ।

घटनास्थलमा सभामुख अग्निप्रसाद सापकोटा पुग्नुभएको छ। उहाँले बाढीपहिरोबाट भएको क्षति अवलोकन र राहत तथा उद्धारका लागि पहल गरिरहनुभएको छ।

बाढीमा स्थानीयहरूसमेत बगेको आशंका गरिए पनि कति बेपत्ता भए भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरीका अनुसार अहिलेसम्म दुई पक्की मोटरबेलसहित आधा दर्जन झोलुंगे पुल र घर बगेको खबर छ। इन्द्रावती र मेलम्ची जोड्ने मोटरेबल पुल बगेको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताउनुभयो।

हेलम्बुबाटै उर्लिंदै आएको मेलम्चीले आठवटा ट्राउट माछा फर्म, नाकोते पुल, तिम्बु, चनौटे बजार, खेतीयोग्य जमिन, आमाह्योल्मो बसपार्क, सिटी पार्क बगाएको उनले जानकारी दिए। लेदोसहितको बाढी घरमा पसेपछि बजार क्षेत्रमा स्थानीय बासिन्दा सुरक्षित स्थानमा सरिरहेका छन्। उनीहरूले घरभित्र रहेका अत्यावश्यक सामग्री निकालेर सडकमा राखेका छन्।

तस्बिर सौजन्य: देबराज केसी

 


प्रतिक्रिया दिनुहोस