पाँचखालमा औषधी/बिषादी छर्न ड्रोनको परीक्षण

नौलो समाचार संवाददाता
२०७९ जेष्ठ १३, शुक्रबार मा प्रकाशित १४५६ पटक पढिएको
पाँचखालमा औषधी/बिषादी छर्न ड्रोनको परीक्षण

जेठ १३,काभ्रे। पाँचखालमा घुलनशिल औषधी, निमजन्य बिषादी, मल छर्नको लागि ड्रोनको परीक्षण गरिएको छ।
पाँचखाल नगरपालिकाको समन्वयमा मुक्ति कृषि कम्पनीले पाँचखालको फाँटमा ड्रोनवाट औषधी, निमजन्य बिषादी, मल लगायत घुनलशिल पदार्थ छर्ने ड्रोनको परीक्षण गरेको हो।

१६ लिटर क्षमताको ड्रोनले एक पटकमा १६ रोपनी जग्गामा बिषादी छर्ने मुक्ती कृषि कम्पनीका प्राविधिक सागर पाण्डेले जानकारी दिनुभयो। यसलाई ‘अटोमेटिक’ रुपमा पनि सञ्चालन गर्न सकिने तथा नियन्त्रणमा राखेर पनि सञ्चालन गर्न सकिने पाण्डेको भनाई छ। पाण्डेका अनुसार सेन्सर सहितको यो ड्रोनलाई रुख, तारहरु भएपनि असर नपर्ने जानकारी दिनुभयो।

अटोमेटिक राख्दा पहिलानै चार किल्ला सेट गर्ने र त्यहि अनुसार मात्र निमजन्य विषाधि छर्नुपर्छ भने आफैले रिमोटबाट चलाउँदा ८ किलामिटरको दुरीसम्म बिषादी छर्न सकिने पाण्डेको भनाई छ।

परीक्षणको अनुगमन गर्दै पाँचखाल नगरप्रमुख महेश खरेलले कृषिलाई यान्त्रीकरण गर्दै लैजाने प्रयास स्वरुप परीक्षणको रुपमा ड्रोनबाट औषधी, निमजन्य बिषादी र मल छर्कने कार्यको परीक्षण गरिएको जानकारी दिनुभयो। ‘पहिलो चरणमा सफल हुन्छ की हुँदैन भनेर परीक्षण गर्यौ, यसबाट कृषकको पक्षमा हुन्छ की हुँदैन, कृषकको स्वास्थ्यमा असर पर्छ की पर्दैन र आर्थिक रुपमा कृषकलाई कति बचत हुन्छ त्यसको अध्ययन गरेर नगरपालिकाले कृषकलाई सहयोग गर्ने जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस