च्याम्पियन्स लिगः लिभरपुल राउण्ड अफ १६ बाटै बाहिरियो

नौलो समाचार संवाददाता
२०७६ फागुन २९, बिहिबार मा प्रकाशित ५१७ पटक पढिएको

च्याम्पियन्स लिगः लिभरपुल राउण्ड अफ १६ बाटै बाहिरियो

फागुन २९, एजेन्सी । डिफेन्डिङ च्याम्पियन लिभरपुल च्याम्पियन्स लिगबाट बाहिरिएको छ । गएराती सम्पन्न च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लिगमा लिभरपुल एथ्लेटिको मड्रिडसँग ३-२ गोल अन्तरले पराजित हुदै समग्रमा ४-२ गोल अन्तरले पराजित हुदै च्याम्पियन्स लिगको अन्तम १६ बाटै बाहिरिएको हो ।

योसँगै एथ्लेटिको मड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ । एटलेटिकोको जितमा मार्कोस लिओरेंटले दुई गोल गरेका थिए भने अल्भारो मोरटाले एक गोल गरेका थिए । त्यस्तै लिभरपुलका लागि जर्जिनियो विजनाल्डम र रोबेर्टो फिर्मिनोले एक एक गोल गरेका थिए ।

निर्धारित ९० मिनेटको खेलमा लिभरपुल १-० ले अगाडि भएपछि समग्रमा १-१ गोलको बराबरी भएपछि खेल अतिरिक्त ३० मिनेट खेलाइएको थियो । अतिरिक्त ३० मिनेटको खेलमा एथ्लेटिकोले ३ गोल गर्यो भने लिभरपुलले १ गोल गरेको थियो । योसँगै एथ्लेटिको मड्रिड, पिएसजी, आरबि लेइपजिंग र एटलान्टा च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेका छन् ।


प्रतिक्रिया दिनुहोस