चौथो संस्करणको ज्ञानकुञ्ज रोड रेस असार १ गते

नौलो समाचार संवाददाता
२०८१ जेष्ठ २५, शुक्रबार मा प्रकाशित ८० पटक पढिएको
चौथो संस्करणको ज्ञानकुञ्ज रोड रेस असार १ गते

बनेपा /  चौथो संस्करणको ज्ञानकुञ्ज रोड रेस प्रतियोगिता असार १ गते हुने भएको छ ।

आयोजक ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले पत्रकार सम्मेलन आयोजना गरेर प्रतियोगिताबारे जानकारी दिएको हो ।

माध्यमिक शिक्षा परिक्षा (एसईई) दिएर बसेका बालबालिका लक्षित कार्यक्रम छात्रातर्फ ३ दशमलव ६ किलोमिटर र छात्रतर्फ ७ किलोमिटर दौड प्रतियोगिता हुने प्रवन्ध निर्देशक प्रताप वैद्यले जानकारी दिए ।

छात्रहरुको ७ किलोमिटर दौड पनौतीबाट बनेपा पुरानो बजार हुँदै ज्ञानकुञ्ज स्कुलसम्म हुनेछ भने छात्राहरुको दौड बनेपा तिनदोबाटोबाट शुरु भइ गणेस्थानबाट चण्डेश्वरी मन्दिर पुगि पुरानो बजार हुँदै विद्यालयमा आएर टुंगिनेछ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

 


प्रतिक्रिया दिनुहोस