लोकप्रिय गायिका सावित्रीको ‘मेरै नाममा हे आमा’ गीत सार्वजनिक (भिडियो)

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ १, शनिबार मा प्रकाशित १३१४ पटक पढिएको

लोकप्रिय गायिका सावित्रीको ‘मेरै नाममा हे आमा’ गीत सार्वजनिक (भिडियो)

जेठ १, काभ्रे। लोकप्रिय गायिका सावित्री राना मगरले ‘मेरै नाममा हे आमा’ लिएर आएकी छिन् ।

लामो समयदेखि गीत संगीतमा सक्रिय मगरले आमाको मुख हेर्ने अवसर पारी मार्मिक गीत आमा सार्वजनिक गरेकी हुन् । गीतमा उनलाई सुजन बाबु गुरुङले साथ दिएका छन् । एकदमै मार्मिक गीत आमामा परदेश गएका छोरा र घरमा दुख बेसाउदै गरेकी आमाको कथालाई सेमटिएको छ ।

परदेश जाँदा पनि घर र आमाको यादले सताउने र परदेशमा रहदा एउट छोरोलाई भोग्नु पर्ने पीडालाई सहज ढंगले उतारिएको छ । यता आमा भने परेदेशिएको छोरा आउने आशमा दुख बेसाउनु परेको पीडालाई समेत गीतले उठाएको छ ।
प्रयास मिडियाले युट्युब मार्फत बजारमा ल्याएको आमा प्रति समर्पित मेरै नाममा हे आमा बोलको मार्मिक गीतमा सावित्री राना मगर र सुजन बाबु गुरुङको सुमधुर स्वर रहेको छ भने शब्द विनोद तिमल्सिना र सावित्री राना मगरको रहेको छ । उक्त गीतमा संगित विनोद तिमल्सिना कै रहेको छ ।

अत्यन्तै कर्णप्रिय उक्त गितको भिडियोमा राम बानिया ९समीर०, शर्मिला श्रेष्ठ, हुद्दराज तिमल्सिना, राज केसी, सौगात थापा, रोजन सुन्दास लगायतको अभिनय रहेको छ । गीतमा सौगात थापाको छायांकन, गौरव भण्डारीको सम्पादन, कलरिङ, ड्रोन अपरेटिङ रहेको भिडियोलाई रोजन सुन्दासले निर्देशन गरेका छन् । लक्ष्मण भण्डारीको सह निर्देशन रहेको छ ।

निकै नै मेहनतसाथ फरक किसमको गीत बनाएकोले यसले सफलता पाउने गायिका मगर बताउँछिन् ।

हेर्नुहोस भिडियो :-


प्रतिक्रिया दिनुहोस