राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल काभ्रेपलाञ्चोकको अध्यक्षमा वाइ.पी

नौलो समाचार संवाददाता
२०८२ कार्तिक २२, शनिबार मा प्रकाशित १०५ पटक पढिएको

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल काभ्रेपलाञ्चोकको अध्यक्षमा वाइ.पी

बनेपा / राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल काभ्रेपलाञ्चोकको अध्यक्षमा यांक प्रसाद (वाइ.पि.) घिमिरे चयन भएका छन् । छैठौं अधिबेशन तथा १२ औं बार्षिक साधारण सभाले घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।

प्रथम उपाध्यक्षमा रमेश थापा, द्वीतिय उपाध्यक्षमा नवराज फुँयाल, महिला उपाध्यक्षमा सिर्जना श्रेष्ठ, सचिवमा चेतनाथ तिमल्सिना, सह–सचिवमा रमन तिमल्सिना,कोषाध्यक्षमा निशा घिमिरे र सह–कोषाध्यक्षमा यादव कोइराला छन् । सदस्यहरूमा प्रमिला पान्डे, शोभा खनाल, संगिता ढकाल, सुसन के.सी., ठक्कर प्रसाद तिमल्सिना, अम्बिका आचार्य, अमृता पौड्याल, मच्छेश्वर श्रेष्ठ, श्याम सापकोटा र मोजकुमारी तिमल्सिना छन् ।

अधिवेशन उद्धघाटन गर्दै वेथानचोक गाँउपालिका अध्यक्ष भगवान अधिकारीले समाज परिवर्तनका संवाहक कलाकारले सुख, दुखका गीतसंगै परिवर्तनको लागि भूमिका खेल्नुपर्ने बताए । लोक दाहोरीका शव्द पछिल्लो समय उच्छृंखल भएको तर्क गर्दै उनले मर्यादित बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष कुलेन्द्र विश्वकर्मा, महासचिव शिब हमाल, वागमती प्रदेश अध्यक्ष बासु सिंखडा, बरिष्ठ लोक गायक मच्छेश्वर सापकोटा, प्रतिष्ठान जिल्ला शाखाका अध्यक्ष केदार न्यौपाने, प्रथम उपाध्यक्ष रमेश थापा लगायतले लोक दोहोरी गीत, संगित लगायतका क्षेत्रबारे चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस