गोधुली : लघु कथा

ध्रुब कृष्ण ताम्राकार
२०७९ आश्विन ८, शनिबार मा प्रकाशित ५८८ पटक पढिएको
गोधुली : लघु कथा

बाहीर निस्कनै नहुने गरी पानी परिरहेको थियो
म सुलेमान साउजीको पसलभित्र ओट लिंदै थिएँ छाता पनि साथमा ल्याएका थिएनौं भदौरे मौसम घरबाट निंस्कंदा घाम लागिरहेकै थिए
हिंडदाहिंडदै बाटोमा अचानकै पानी दर्कियो माथी हेर्दाआकाशमा कालो बादल मडारिसकेको
रहेछ। निथ्रुक्क भिज्नु अगाडी नजिकैको सुलेमान साहुजीको पसलमा छिरी हालें दिउँसो भएर ग्राहक एक दुइ जना मात्र रहेछ साँझ बिहान भएको भए भीड हुने थियो सुलेमान साहुजीको पसल। अलि पानी थामें पछि मात्र बाहिर निस्कनु पर्ला भन्ने बिचारले एउटा चुरोट मागी अलि पर सर्दै कुनोको सानो कुर्सी तानेर चुरोट सल्काउँदै बसें।

,,साउजी एक पकेट चाउ चाउ दिनुस्नं ,, भनिरहेको चिरपरिचित आवाजले म झस्कें यसो नियालेर हेर्दा उनि मिना पो रहिछिन उनि एउटी सानी बच्चीको साथमा उभिरहेकी थिइन शायद त्यो उनकी छोरी होलिन् ।
एकाएक उनको र मेरो आँखा जुध्छन त म एक टक्क उनलाई हेरिरहें तर उनले धेरैबेर नजर
मिलाउन सकिनन् पलभर मै आँखा झुकाउँछिन।
सुलेमान साउजीले दिएको चाउ चाउ लिएर उनि
एकछिन मै छाता ओढि बच्चीको साथमा पानी मै निस्किन्छिन।
आज मलाई अचम्म लाग्यो मिनालाई देख्दा त्यो
पनि एउटी बच्चीको साथमा,एकाएक ममा बिगत
सलबलाउन थाल्छ त्यो बेला मिना भर्खरै बैंश टेक्दै थिइन म उनको सामु नजिकिदैं थिएँ उनको
अघिअघि पछिपछि लागेर कुरै गर्ने कति जमर्को
गरें तर केहि बोल्दैनन् बरु मुसु मुसु हाँसेर मंसंग कुरै नगरिकन पर पर मात्र भागिरहन्छिन। म कायल थिएँ तर उनको मुस्कान भित्र मेरो मायाको प्रत्त्युत्तर थिइन।

आँखा आँखामा हाम्रो भावना सातासात हुन्थ्यो किंतु हाम्रो माया हालातले मंजुर गरेनन् किनकी मेरो परिवारको
अबस्था कमजोर रहेकोले कामको सिलसिलामा
म बिदेशीनु पर्ने बाध्यता भयो त्यही बेलादेखी हाम्रो भेट टुटेर गयो।

पछि थाहा पाएँ उनि कसैको सिउँदो भइसकेकी थिइन मन अमिलो लाग्यो त्यस्को लगट्टै हामी करिब हुने कुरै भएनन् करिब चार बर्ष पछि फर्कदां उनको लोग्नेको केहि महिना अगाडी अचानकको रोगले मृत्यु भै सके भन्ने कुरोले साह्रै नरमाइलो लाग्यो। सासु ससुरोको अपहेलना सहन नसकी आज भोली मिना माईतीमै बसेकी रहिछिन् भन्ने कुरोको गाइगुईँ मैले थाहा पाएका थिएँ । माइतमा पनि दाज्यु र भाउज्युहरुको सामु केहि दिन अघिदेखी माया पाट्लिंदै गइरहेको रहेछ आमा बुबा हुनुहुन्न आमा बुबा भए सम्म त छोरीको माइती तर त्यो अबस्था त रहेनन् ।
आखिर यो कति दिन सम्म चल्ने नं हो स्वयम मिना नै अकमकि रहेकि रहीछे।

यसरी मिनाको जीबन आँसुले परेड खेल्न थालेको हेरि समय मौन बसिरहेको देख्दा मेरो मन पनि छट्पटिन थाल्छ। उनि कोसित बिद्रोह गर्ने? बिहे भएको घरले आफु बिधवा भै सकेपछि गरेको ज्यादतीसंग बिद्रोह गर्न सकिनन् जन्म भएको घरबाट बिहे गरेर पठाइसकेकि बहिनी फर्केर सधै माईतीमै बस्ने हो कि भन्दै दाज्यु भाउज्यु बोझ महसुस गर्न थाल्छन त अनि यो कठित समाज मौन भै दिंदा आखिर कोसित निरिह मिनाले बिद्रोह गर्ने? यसरी हालातको प्रताडित सहेर गोधूलि साँझ आफ्नै बह पोख्न के खोज्छिन मात्र अँध्यारो रातले आफ्नो हत्केला फिंजाई सकेको हुन्छ मिनाको जीबनमा।

यसरी भावनामा बगेर म यसै सोचमग्न भैरहेकै थिएँ चुरोटको ठुटाले औँलाको मासुमा छुंन्दा एक्कासी म झस्किएँ यसो बाहिर हेर्दा त पानी पर्न अघि नै रोकिसकेको रहेछ सुलेमान साउजी मलाई हेरेर ट्वाल्ल परिरहन्छ म लाजले बिस्तारै उठ्दै मेरो मन मिना प्रति अझै आशक्ती र माया किन? भनी मनमा कुरा खेलाउँदै बाहिर निस्किएँ।
अस्तु

ध्रुब कृष्ण ताम्राकार

प्रतिक्रिया दिनुहोस