डायरीको पाना : लघुकथा

नौलो समाचार संवाददाता
२०७९ आश्विन २२, शनिबार मा प्रकाशित ३७९ पटक पढिएको
डायरीको पाना : लघुकथा

म हत्यारा हुँ, मैले निर्दोष श्रीमतीको हत्या गरें।,,
हातमा हतकडि लगाएको अभय भन्दै थियो।
,,जेल जीबनको सजायले मेरो पाप पखालिंदैन,
सकिन्छ भने मलाई मृत्यु डण्ड देउ!,,अभय एक सुरले कराउँदै थियो । आफैले स्विकारेको अपराधलाई इनिस्पेक्टरले फाइलमा टिप्दै थियो।
,,आखिर आफ्नै मनपर्ने श्रीमतीको किन गर्‍यौ त हत्या?,,
मेरो मेडिकल रिपोर्टले त म बाबु बन्न सक्दैन, मलाई थाहा थियो तर मेरो श्रीमतीको बढ्दै गएको
पेटले मलाई बाउ बनाउने सत्यतालाई मैले स्विकार गर्न सकिन। म नामर्द भएर श्रीमतीसंग यस बच्चाको बाउ को हो? भनेर सोध्ने साहास
मसंग थिएन, त्यसैले ऊनी मस्त निदाएको रातमा
मैले घाँटी थिचेर उनको हत्या गरें। मैले आफुलाई
बहादुर सम्झें सर! जब प्रतिमाको डायरी मेरो हातमा पर्‍यो म कतैको पनि रहिनन्।,, भन्दै अभयले रुंदै डायरीको पाना देखाउंछन।

म प्रतिब्रता अबला नारी माथि एक दानबरुपि पिपासुले म अफिसबाट फर्किरहंदा सुनसान बाटोमा मेरो सतित्व लुटियो। परिणाम स्वरुप त्यो
अपराधिबाट मेरो गर्भ रहन पुग्यो। म आमा बन्ने निश्चित देखेपछि मैले गर्भपात गरुं कि आत्महत्या गरुं भनेर सोचें! एक मनले अभयको
बाबु बन्ने रहरले छटपटिएको अनुहार सम्झिएँ, सोचें चार पाँच बर्ष देखिको मेरो यो महसुसलाई मेरो पापको यो भारीले सन्तोष दिलाउने छ। बास्तबमा यो अबोध भ्रुणको के नै दोष छ र मेरो
रक्तमजाको एक उपज पनि त हो नी , यसलाई
जन्माउनु मेरो दाइत्व हो भने जन्मने उसको पुर्ण
अधिकार छ त्यसैले नौ महिना सम्म पेटमा राखी
मैले यसलाई जन्म दिने निर्णय गरें। अभयलाई थाहा नदिनु मेरो पाप हो भने समयले मलाई डण्ड
दिने नै छ त्यो सजाय मलाई स्विकार छ।
प्रतिमा। २0७७/ ९/६
एक्कासि अभय इनिस्पेक्टरको अगाडी
म हत्यारा हुँ …. म हत्यारा हुँ…. भन्दै पागलसरि जोडले चिच्याउँछ।
आखिर यस घटनाले सिर्जित दर्दनाक कारुणिक
दृश्यलाई मौन भएर हेरिरहेका त्यो आकाश पनि दुखी भएर एकएक आँसु झार्दै धरति रुझाउन थाल्छ।
अस्तु

 


प्रतिक्रिया दिनुहोस