कुलमान घिसिङकाे कार्यकाल दोहोर्‍याउन सर्वसाधारणकाे माग, सामाजिक सञ्जालमा समर्थन

नौलो समाचार संवाददाता
२०७७ भाद्र ९, मंगलबार मा प्रकाशित ४५० पटक पढिएको
कुलमान घिसिङकाे कार्यकाल दोहोर्‍याउन सर्वसाधारणकाे माग, सामाजिक सञ्जालमा समर्थन

भदौ ९, काठमाडाैैँ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल यही भदौ २९ गते सकिँदैछ । २०७३ सालको भदौ २९ गते नियुक्त हुनुभएका कुलमानले कुशल व्यवस्थापनमार्फत नेपालमा लोडसेडिङ अन्त्य गरेपछि उहाँको प्रशंसा सुरु भएको थियो ।

नेपाल विद्युत् प्राधिकरणलाई नाफामा लैजाने र रुग्ण बनेका जलविद्युत् आयोजना तथा प्रसारण लाइनको निर्माणलाई तीव्रता दिएका कारण उहाँको प्रशंसा झनै थपिएको छ ।

उहाँको कार्यकाल सकिनै लाग्दा दोस्रो कार्यकाल पनि प्राधिकरणमा घिसिङलाई नै दोहोर्‍याउनुपर्छ भन्ने माग उठिरहेको छ । सामाजिक सञ्जालमा नेपाल विद्युत् प्राधिकरणको फेसबुक पेजमा ह्यासट्याग नै सुरु भएको छ ।

कलाकारहरु तथा अाम सर्वसाधारणहरू पनि कुलमान घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा दोहोर्‍याउनुपर्छ भनेर अभियान सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस