समयमै कर तिरेर छुट सुबिधा लिन पाँचखाल नगरबासीलाई आग्रह

नौलो समाचार संवाददाता
२०७७ पौष १९, आईतबार मा प्रकाशित ६५८ पटक पढिएको

समयमै कर तिरेर छुट सुबिधा लिन पाँचखाल नगरबासीलाई आग्रह

पुष १९, काभ्रे। काभ्रेको पाँचखाल नगरपालिकाले समयमै कर तिरेर छुट सुबिधा लिन नगरबासीलाई आग्रह गरेको छ । नगरपालिकाको नगरसभाबाट स्विकृत आर्थिक ऐन २०७७ तथा सम्पत्ति कर बयवस्थापन कार्यविधि २०७५ को अधिनमा रहि सम्पत्ति कर, ब्यबसाय कर नयाँ दर्ता तथा नविकरण दस्तुरमा छुट गर्न लागिएको हो ।

कानुन अनुसार तिर्नुपर्ने कर यहि पुष मसान्त सम्म चुक्ता गरेमा १० प्रतिशत छुट हुने नगरपालिकाले जनाएको छ ।

नगरका करदाता एवंम सेवा ग्राहीहरुलाई उल्लेखित समय भित्र करतिरेर छुट सम्बन्धी सुविधा लिन नगरपालिकाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस